दफा २८
साझेदारले आफ्नो हक बिक्री इत्यादि गर्ने
: कुनै साझेदारले फर्ममा रहेको आफ्नो सबै हक अरु कसैलाई बिक्री गरी वा बन्धक राखी वा अरु कुनै प्रकारले दिएमा सो साझेदारले सो अवधिभित्र साझेदारी कारोबारबाट पाउने मुनाफा वा अन्य कुनै रकममा सो व्यक्तिले दाबी गर्न सक्नेछ । तर– (क) त्यस्तो व्यक्ति सो फर्मको साझेदार मानिने छैन, र (ख) सबै साझेदारीहरुको मञ्जूरी बेगर निजलाई सो फर्मको हिसाब किताब जाँच्ने अधिकार हुने छैन ।